दफा १५१
मापदण्ड, निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने
: (१) मन्त्रालयले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सहकारी संस्थाको दर्ता, सञ्चालन, निरीक्षण तथा अनुगमन लगायतका काम कारबाहीलाई व्यवस्थित र प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यकता अनुसार मापदण्ड, निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मापदण्ड बनाउँदा सदस्यको बचत सुरक्षण तथा संस्थागत दिगोपनाको लागि अवलम्बन गरिएका अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डको आधारमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा सङ्घको हकमा छुट्टै मापदण्ड बनाउन सकिनेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको मापदण्ड बनाउँदा आवश्यकता अनुसार नेपाल राष्ट्र बैङ्क र सम्बन्धित अन्य निकायको परामर्श लिन सकिनेछ ।